सरकारले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन – अर्थसचिव राय

काठमाडाैं | चैत २६, २०७९

सरकारले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन – अर्थसचिव राय

अर्थ मन्त्रालयका सचिव तोयम रायले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न नसकिने बताएका  छन्। 

 

रायले वर्षेनी साधरण खर्च बढ्दा धान्न नसक्ने अवस्थामा पुगेका कारण भत्ता बाँढ्न नसक्ने बताएका हुन्। उनले रोजगारीमा आवद्ध भएका हरेक नागरिक अनिवार्य समाजिक सुरक्षा कोषमा आवद्ध हुन जरुरी रहेको बताए। 

 

आर्थिक पत्रकार संघसँगको भेटमा उनले योगदानविना सामाजिक सुरक्षा भत्ताको रुपमा अर्बौं रुपैयाँ लामो समयसम्म दिन सक्ने अवस्थामा सरकार नभएको बताएका हुन्। 

 

'यसरी अर्बौं रुपैयाँ कुनै योगदान बिना सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई गाह्रो हुन्छ। त्यसैले जनगणना २०६८ मा जति नागरिक पुगेका छन् सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा बाँध्नुपर्छ,' उनले भने। 

 

उनले सरकारले वार्षिक रुपमा करिव एक सय अर्ब बढी रकम समाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्ने गरेको भन्दै राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको बताए। 

 

अर्थसचिव रायले सरकारले सामाजिक सुरक्षामा धेरै खर्च गर्न नसक्ने भन्दै रोजगारीमा रहेका सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको बताए। यसो गर्दा सरकारको सामाजिक सुरक्षाको दायित्व घट्ने बताए। 

 

उनले वर्षेनी अर्बौं रुपैयाँ सामाजिक सुरक्षा भत्ताको नाममा खर्च गर्दा सरकारले विनियोजन गरेको बजेटले धान्न नसक्ने बताए। 

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ न...

थप पढ्नुहोस्

पोखरा:  जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  आइतबार क्याम्पस परिस...

थप पढ्नुहोस्

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्